नक्कली सभासद बनेर ठग्नेलाई गाउँलेले समाते

काठमाण्डु टुडे २०७१ वैशाख १५ गते ४:२६ मा प्रकाशित

काठमाण्डु, १५ वैशाख– नक्कली सभासद बनेर ठगी गर्ने एक व्यक्तिलाई स्थानीयले नियन्त्रणमा लिएर प्रहरीमा बुझाएका छन् ।
काठमाण्डु जोरपाटी, मकलबारीका स्थानीयले  सागरबहादुर थापा नाम गरेका ती व्यक्तिलाई नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका हुन् ।

उनले आफू सभासद भएको र प्रधानमन्त्रीदेखि मन्त्रीहरुसँग राम्रो सम्बन्ध रहेको बताएर ठग्ने गरेका थिए । पीडित स्थानीयका अनुसार उनले जोरपाटी क्षेत्रका सर्वसाधारणसँग जागिर लगाइदिने, प्रमोसन गराइदिने, सामाजिक काम गरिदिने तथा आर्थिक कारोबार मिलाइदिने भन्दै केही महिनादेखि रकम संकलन गर्ने गरेका थिए ।

उनको गतिविधि समाकालबारी सुधार संघले सोमबार बिहान नियन्त्रणमा लिएर बौद्ध प्रहरीका बुझाएको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us