एमाले नेता ओली फेरि अस्वस्थ

काठमाण्डु टुडे २०७१ वैशाख १५ गते ३:५६ मा प्रकाशित

kp-oli_20110601090027काठमाण्डु, १५ वैशाख– एमाले संसदीय दलका नेता केपी शर्मा ओली पुन: अस्वस्थ भएका छन् ।
स्वास्थ्यमा समस्या आएपछि ओली गएराति त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका छन् । उपचारमा संलग्न चिकित्सकका अनुसार ओलीको शरीरमा पानीको मात्रा कम भएकाले स्लाइन दिइएको छ ।

ओली भारतको नयाँदिल्लीमा रहेको म्याक्स अस्पतालमा डेढ महिना उपचार गराएर दुई साताअघि मात्र नेपाल फर्केका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us