धादिङमा प्रचण्ड र भट्टराई पक्षको छुट्टाछुट्टै प्यानल

काठमाण्डु टुडे २०७१ वैशाख १३ गते ११:४४ मा प्रकाशित

काठमाण्डु, १३ वैशाख– एकीकृत माओवादी धादिङको तेश्रो जिल्ला सम्मेलनमा नयाँ नेतृत्व चयनका संस्थापन र नेता बाबुराम भट्टराई पक्षले छुट्टाछुट्टै प्यालन खडा गरेको छ ।
Prachanda baburamसहमतिमा एउटै प्यानल बनाउने प्रयास विफल भएपछि निर्वाचनबाट जिल्ला सदस्य र महाधिवेशन प्रतिनिधि चयन हुने भएको हो ।
निर्वाचनका लागि संस्थापन पक्षले केन्द्रीय सदस्य पुष्पविक्रम मल्ल र भट्टराई पक्षले जिल्ला नेता राजु नेपालको नेतृत्वमा प्यालन खडा गरेको छ । दुई वटै प्यालनबाट गरी ३८ सदस्यीय जिल्ला कमिटिका लागि ९३ जना र १८ महाधिवेशन प्रतिनिधिका लागि ४१ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
निर्वाचनमा जिल्लाभरबाट ३ सय २७ प्रतिनिधि सहभागी छन् । धादिङवेशीस्थित जिल्ला विकास समितिको हलमा जारी सम्मेलनमा अहिले मतदान भइरहेको छ । सम्मेलनको पूर्वमहासचिव पोष्टबहादुर बोगटीले शुक्रबार उदघाटन गरेका थिए । यसै महिनाको अन्तिम साता विराटनगरमा हुने महाधिवेशनका लागि एकीकृत माओवादीको जिल्ला सम्मेलनहरु भइरहेका छन् । सम्मेलनबाट निर्वाचनमार्फत जिल्ला नेतृत्व र महाधिवेशन प्रतिनिधि चयन भइरहेको छ । अन्य जिल्लामा प्यालनबिनै व्यक्तिव्यक्ति निर्वाचनको मैदानमा उत्रिए पनि धादिङमा भने दुई पक्षले छुट्टाछुट्टै प्यानल खडा गरेको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us