कैलाली, १३ वैशाख– चुनावी तालमेल गरेका प्रेस चौतरी नेपाल र क्रान्तिकारी पत्रकार संघले नेपाल पत्रकार महासंघको आसन्न अधिवेशनका लागि प्रचार अभियान थालेका छन् ।
निर्वाचनमा तालमेल गरेर जाने सहमति गरेका यी दुई संगठनले सुदूरपश्चिमको कैलालीबाट प्रचार अभियान थालेका हुन् । शनिबार कैलालीमा मध्यपश्चिम र आइतबार बाँकेमा मध्यपश्चिमाञ्चलका सभासदहरुको भेला डाकिएको छ ।
भेलामा सहभागी हुन अध्यक्षका उम्मेदवार महेन्द्र विष्ट, उपाध्यक्ष उम्मेदवार खिलबहादुर खण्डारी, कोषाध्यक्ष उम्मेदवार सूर्यमणि गौतम, क्रान्तिकारी पत्रकार संघका अध्यक्ष गोविन्द आचार्य र प्रेस चौतारीका पूर्वअध्यक्ष शिव डोटेल काठमाण्डुबाट कैलाली पुगेका हुन् ।
दुई संगठनबीच केही दिनअघि अध्यक्ष र कोषाध्यक्षसहित १४ सदस्य चौतारी र उपाध्यक्ष, महासचिव र सचिवसहित १२ सदस्य क्रान्तिकारीले लिने लिखित सहमति भएको थियो ।