चार वर्षदेखि आफ्नै काकाबाट युवती बलात्कृत

काठमाण्डु टुडे २०७१ वैशाख १३ गते ७:१६ मा प्रकाशित

विराटनगर, १३  वैशाख – मोरङ उर्लाबारीकी एक युवती आफ्नै काकाबाट लामो समयदेखि बलात्कृत हुँदै आएको खुलेको छ ।
युवतीले काकाबाट बलात्कृत हुँदै आएको भन्दै इलाका प्रहरी कार्यालय उर्लाबारीमा उजुरी गरेपछि घटना बाहिर आएको हो ।

उजुरीलगत्तै प्रहरीले पीडकलाई पक्राउ गरेको छ । मोरङ राजघाट घर भएका पीडकको परिचय खुलाइएको छैन । युवतीले दिएको उजुरीमा काकाले चरम यातना दिएर बलात्कार गर्दै आएको उल्लेख छ । हाल २१ वर्षकी ती युवतीले आफू १७ वर्ष हुँदादेखि काकाले ज्यान मार्ने धम्की दिएर बलात्कार गर्दै आएको बताएकी छन् ।

इलाका प्रहरी कार्यालय उर्लावारीका निरीक्षक वेदप्रसाद गौतमले अनुसन्धानपछि हाडनाता र जवरजस्ती करणी गरेको आरोपमा मुद्धा चलाउने तयारी भइरहेको बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us