पाखेरा, १३ वैशाख– कास्कीको सिल्दजुरे र नामार्जुन गाविसमा निर्माणाधिन माथिल्लो मादीखोला जलविद्युत आयोजनाको सुरुङभित्र पुरिएका १३ मजदुरको सकुशल उद्धार गरिएको छ ।
सुरुङमा फसेका १६ मध्ये १३ जना अझै बेपत्ता छन् । पहिरोले आयोजनाको सुरुङ पस्ने मुख थुनिएपछि उनीहरु थुनिएका थिए । क्षेत्रीय अस्पताल पोखरामा उपचारपछि सबै मजदुर घर फर्किएका छन् ।
शुक्रबार दिउँसो एक बजेदेखि सुरुङमा थुनिएका उनीहरुलाई शनिबार बिहान ३ बजे उद्धार गरेर निकालिएको कास्की प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक वसन्तकुमार लामाका अनुसार फसेकाहरुलाई डोजरले पहिरो हटाएर बाहिर निकालिएको हो । हराइरहेका तीन जनाको पनि खोजीकार्य तीव्र पारिएको छ ।