तनहुुँ १३ वैशाख– तनहुँको दुलेगौंडामा स्थानीयले आक्रमण गर्दा नौ प्रहरी घाइते भएका छन् ।
दुलेगौंडा–९ ब्राइटचोकमा स्थानीयको आक्रणबाट नायव निरीक्षक भवानी धमलासहित नौ प्रहरी घाइते भएका हुन् । सामान्य घाइते उनीहरुको स्थानीय एक क्लिनिकमा उपचार भइरहेको छ ।
दुई दिनअघि भएको सवारी दुर्घटनामा एकै घरका दाजुभाई राजन रुचाल र मिलन रुचालको मृत्यु भएको थियो ।
घटनाको विरोधमा प्रदशर्नमा उत्रिएका स्थानीय र मृतकका आफन्तले जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीमाथि बिहान १० बजेको समयमा आक्रमण गरेका हुन् ।
आक्रमणपछि स्थिति नियन्त्रणमा लिन जिल्ला प्रहरी कार्यालयबाट थप टोली घटनास्थल पुगेको छ । स्थानीयको अवरोधका कारण पृथ्वी राजमार्गको तनहुँ खण्ड अवरुद्ध छ ।