वरिष्ठ पत्रकार गुरुङको सहयोगार्थ यूकेबाट ६५ हजार प्राप्त

काठमाण्डु टुडे २०७१ वैशाख १२ गते १२:३४ मा प्रकाशित

यूके १२ बैशाख – भारतको एपोलो अस्पतालमा मृगौला रोगको उपचार गराइरहेका वरिष्ट पत्रकार चुनबहादुर गुरुङको सहयोगार्थ नेपाल पत्रकार महासंघ यूके शाखाबाट ६५ हजार रुपैया सहयोग प्राप्त भएको छ । यूके शाखाबाट प्राप्त रकम नेपाल पत्रकार महासंघका अध्यक्ष शिव गाउलेले ‘वरिष्ट पत्रकार चुनबहादुर गुरुङ स्वाथ्योपचार सहयोग समिति’ का संयोजक डण्ड गुरुङलाई हस्तान्तरण गरीएको छ । वरिष्ट पत्रकार गुरुङको सहयोर्थ सहयोग रकम संकलन गर्न फोनिजले पहल शुरु गरेको हो । वरिष्ट पत्रकार गुरुङको सहयोगार्थ सहयोग रकम प्राप्त भइरहेको र सहयोग गर्ने सम्पूर्ण संयोजक तथा फोनिज अध्यक्ष गुरुङ आभार ब्यक्त गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us