ग्रिनकार्ड र पिआर प्राप्त गरेकाहरुको नामावली सङ्कलन हुँदै

काठमाण्डु टुडे २०७१ वैशाख १२ गते ७:५६ मा प्रकाशित

Lalbabu-3 copyकाठमाण्डु,  १२ वैशाख – सामान्य प्रशासन मन्त्रालयले निजामती सेवामा कार्यरत रही विभिन्न देशमा स्थायी बसोवासका लागि ग्रिनकार्ड र पिआर प्राप्त गरेका कर्मचारीलाई कानुनी कारबाहीका लागि नामावली सङ्कलन गरिरहेको छ ।

कर्मचारीको नामावली सङ्कलनका साथसाथमा उनीहरुमाथि विधि र प्रक्रियासम्मत रुपमा कस्तो कानुनी कारबाही गर्ने भन्ने विषयमा कानुनको मस्यौदासमेत तयार भइरहेको सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले आज काठमाडौंमा आयोजित साक्षात्कारमा जानकारी दिए ।

गरिब जनताको करबाट तलब, भत्ता र अन्य सुविधा लिने अनि सुविधासम्पन्न देशको बासिन्दा बन्ने यो कहाँको छुट हो भन्ने प्रश्न गर्दै मन्त्री पण्डितले यस्ता कर्मचारीमाथि कडाभन्दा कडा कारबाही हुन्छ भने ।
उनले निजामतीबाहेक बैंकिङ र सुरक्षा निकायका पनि विभिन्न देशमा स्थायी बसोवासका लागि ग्रिनकार्ड र पिआर प्राप्त गरेका कर्मचारी भएको आफूले जानकारी प्राप्त गरेको बताउँदै निजामती सेवापछि उहाँहरुमाथि कारबाही हुन्छ भने ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us