राप्रपा नेपालले सभापतिको आज हुने निर्वाचन बहिस्कार गर्ने

काठमाण्डु टुडे २०७१ वैशाख १२ गते ५:४५ मा प्रकाशित

Kamal-Thapaकाठमाण्डु,  १२ वैशाख – राप्रपा नेपालले  संविधानसभामा गठित समितिका सभापतिको आज हुने निर्वाचन बहिस्कार गर्ने भएको छ । केही दलहरुले आफूहरुलाई बाइपास गर्न खोजेको भन्दै आज हुने निर्वाचन बहिस्कार गर्ने केन्द्रीय सदस्य मोहन श्रेष्ठले काठमाण्डु टुडेलाइ जानकारी दिए ।

आज संविधानसभा चार वटा समितिमा निर्विरोध रुपमा सभापतिको चयन गरिँदैछ ।

राप्रपा नेपालले निकालेको बिज्ञप्ति –

                                                                                                                                                                                   मिति : २०७१ बैशाख १२ गते शुक्रबार

राप्रपा नेपाल संसदीय दलको बैठकको निर्णय
फरक विचार र अडान अवलम्बन गरेकै कारणले गर्दा संविधानसभा अन्तर्गतका समितिहरुको निर्वाचनमा राप्रपा नेपाललाई निषेध गर्ने केही राजनैतिक दलहरुको नियतप्रति खेद प्रकट गर्दै आज हुने समितिहरुको निर्वाचनलाई राप्रपा नेपालले बहिष्कार गर्ने निर्णय गरेको छ ।

संविधान निर्माणमा सवै राजनैतिक दलहरुको सहयोग र सहमति नितान्त आवश्यक रहन्छ । यसमा कुनै विवाद छैन । यस वास्तविकतालाई दृष्टिगत गर्दै अलग पहिचान र फरक विचारका बावजुद राप्रपा नेपालले संविधान निर्माणको निमित्त सकारात्मक योगदान दिँदै आएको छ ।

तर, केही राजनैतिक दलहरुले  समितिको निर्वाचनको क्रममा जुन संक्रिर्ण र निषेधको मानसिकता प्रदर्शन गरेका छन् त्यसले सहमतिको आधारमा संविधान निर्माण गर्ने दिशामा गम्भिर ठेस पुर्‍याएको छ ।

मोहन श्रेष्ठ
केन्द्रीय सदस्य एवं प्रेस सल्लाहकार
राप्रपा नेपाल संसदीय दलको कार्यालय
९८५१०५२१००

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us