ट्याक्टर दुर्घटनामा एकको मृत्यु, तीन घाइते

काठमाण्डु टुडे २०७१ वैशाख १२ गते ५:०२ मा प्रकाशित

बाबियाचौर (म्याग्दी), १२ वैशाख । म्याग्दीको घारमा भएको ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।

पोखरेबगरदेखि घार जाँदै गरेको ग१त २५२९ नम्बरको ट्याक्टर घार– ९ कुरमुनीमा दुर्घटना हुँदा घार– ३ खिवाङकी ५३ वर्षीया चनमती गर्बुजाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

प्रहरीका अनुसार घाइते घार– ५ की ३९ वर्षीया देवी नेपालीलाई उपचारका लागि पोखरा सिफारिस गरिएको छ । घाइते चालक जामुना– ७ तनहुँका २२ वर्षीय रवि कुमाल र घार– ३ का १९ वर्षीय सुजन परियारको जिल्ला अस्पताल बेनीमा उपचार भइरहेको छ ।

दुर्घटनाबारे अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us