संविधानसभाका पाँचवटै समितिका सभापतिको उम्मेदवारी मनोनयन

काठमाण्डु टुडे २०७१ वैशाख ११ गते १२:०१ मा प्रकाशित

CA-Bicc_2nd-Nepalकाठमाण्डु, ११ वैशाख –  संविधानसभाका विभिन्न पाँच समितिमा सभापतिका लागि उम्मेदवारी संविधानसभा सचिवालयमा दर्ता भएको छ ।

संविधानसभा सचिवालयको पूर्वनिर्धारित कार्यक्रमअनुसार शुक्रबार हुने भनिएको समितिको निर्वाचनका लागि आज उम्मेदवारी दर्ता कार्यक्रम सार्वजनिक गरिएको थियो ।

सोअनुसार संविधान मस्यौदा समितिमा नेपाली काँग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाको उम्मेदवारी परेको छ ।  त्यस्तै संवैधानिक राजनीतिक संवाद सहमति समितिमा एनेकपा (माओवादी)का नेता डा बाबुराम भट्टराईको उम्मेदवारी परेको छ ।
उक्त समितिकै लागि रामकुमार राईको उम्मेदवारी पनि परेको छ ।  यसैगरी संविधान अभिलेख तथा निक्र्योल समितिमा नेकपा (एमाले)का सचिव विष्णुप्रसाद पौडेलको उम्मेदवारी परेको छ ।
क्षमता अभिवृद्धि समितिमा मधेसी दलका तर्फबाट लक्ष्मीकुमारी चौधरीको उम्मेदवारी परेको छ ।  नागरिक सम्बन्ध समितिमा साना दलहरूका तर्फबाट प्रमिला राणाको उम्मेदवारी परेको छ । उम्मेदवारी दर्तापछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै एनेकपा (माओवादी)का नेता डा भट्टराईले संविधानसभाभित्र र बाहिर रहेका सबै राजनीतिक दललाई सहमतिमा ल्याएर संविधान निर्माण गर्नेतर्फ आफ्नो सक्रिय प्रयास रहने जानकारी गराए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us