
हङकङ, ११ वैशाख – पाँचथर मञ्च हङकङले पाँचथर रानीटार–४ निवासी मिर्गाैला रोगी हेमन्त नेम्बाङ (तारा) लाई पाँच लाख बढी आर्थिक सहयोग गरेको छ । ताराको उपचारका निम्ति सङ्कलन गरिएको पाँच लाख २२ हजार ५५० को चेक प्रा नोवलकिशोर राईले नेम्बाङका पिता नन्दलाललाई हस्तान्तरण गरिएको छ । पाँच महिनादेखि मिर्गाैला रोगी नेम्बाङको धापाखेलस्थित सुमेरु अस्पतालमा उपचार भइरहेको छ । नेम्बाङलाई थाम्सुहाङ समाज हङकङले समेत रु ८३ हजार १८५ आर्थिक सहयोग गरेको छ । कक्षा १२ मा अध्ययनरत २१ वर्षीय नेम्बाङको दुईवटै मिर्गाैलाले काम नगर्ने भएको छ ।