राउन्ड धौलागिरिमा पर्यटकको मृत्यु

काठमाण्डु टुडे २०७१ वैशाख ११ गते १०:०१ मा प्रकाशित

बाबियाचौर (म्याग्दी), ११ वैशाख –  राउन्ड धौलागिरि पदमार्गमा एक फ्रान्सेली पर्यटकको मृत्यु भएको छ । मुदी गाविसस्थित धौलागिरि आधार शिविरमा न्याच्ट ओलिभर मृतावस्थामा भेटिएको म्याग्दीका प्रहरी नायब उपरीक्षक जनार्दन जिसीले जानकारी दिए ।

पचपन्न वर्षीय ओलिभरको शव आज हेलिकप्टरमार्फत राजधानी लैजान पहल भइरहेको छ । ओलिभरको मृत्युको कारण खुल्न सकेको छैन । घटनास्थलमा पुग्न नजिकैको प्रहरी चौकीबाट तीन दिनको पैदल यात्रा गर्नुपर्छ । सम्बन्धित टे«किङ एजेन्सी सञ्चालकले प्रहरीलाई पर्यटकको मृत्यु भएको जानकारी गराएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us