चार समितिको मनोनयन दर्ता, संवैधानिक समितिमा भट्टराई

काठमाण्डु टुडे २०७१ वैशाख ११ गते ९:०६ मा प्रकाशित

Biccकाठमाण्डु, ११ वैशाख –  संविधानसभाका पाँचमध्ये चार समितिमा उम्मेदवारी दर्ता भएको छ ।

संविधानसभा सचिवालयको पूर्वनिर्धारित कार्यक्रमअनुसार शुक्रबार हुने भनिएको समितिको निर्वाचनका लागि आज उम्मेदवारी दर्ता कार्यक्रम सार्वजनिक गरिएको थियो । सोअनुसार संविधान मस्यौदा समितिमा नेपाली काँग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाको उम्मेदवारी परेको छ । उनका प्रस्तावकमा भानुभक्त ढकाल र समर्थकमा गिरिराजमणि पोखरेल छन् ।

त्यस्तै संवैधानिक राजनीतिक संवाद सहमति समितिमा एनेकपा (माओवादी)का नेता डा बाबुराम भट्टराईको उम्मेदवारी परेको छ । उनको प्रस्तावकमा पूर्णबहादुर खड्का र समर्थकमा सुरेन्दप्रसाद पाण्डे छन् ।

यसैगरी संविधान अभिलेख तथा निक्र्योल समितिमा नेकपा (एमाले)का सचिव विष्णुप्रसाद पौडेलको उम्मेदवारी परेको छ । उनका प्रस्तावकमा बलबहादुर केसी र समर्थकमा हरिबोलप्रसाद गजुरेल छन
भने क्षमता अभिवृद्धि समितिमा मधेसी दलका तर्फबाट लक्ष्मीकुमारी चौधरीको उम्मेदवारी परेको छ । उनको प्रस्तावकमा पद्मनारायण चौधरी र समर्थकमा सन्तकुमार दरै रहेका छन् ।

नागरिक सम्बन्ध समितिमा भने दलबीच कुरा नमिलेका कारण अहिलेसम्म उम्मेदवारी परेको छैन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us