
घनश्याम पराजुली (कृष्ण), दोहा – बैदेशिक रोजगारको शिलशिलामा १ बर्ष अघि कतार आएका कास्की जिल्ला चाउथेका ३८ बर्षिय वीर बहादुर थापाको सुतीरहेको अवस्थामा आफ्नै कोठामा ज्यान गएको छ ।
उनको हृदयघातबाट मृत्यु भएको हमद हस्पिटलले जनाएको छ । काम गरेर उनी साथीभाईहरु सँगै सुतेका थिए । उनका श्रीमती , २ छोरा र १ छोरी छन । थापा अल एवल कम्पनीको चालकमा कार्यरत थिए । शव नेपाल पठाउनका लागी प्रक्रिया अघि बढिसकेको छ । कतारमा वर्षेनी अधिकाशं नेपालीहरुको सुतिरहेकै अवस्थामा निधन हुने गर्छ । कतारमा एक वर्षमा २ सय ५० भन्दा बढीको ज्यान जाने गरेको छ । रोजगारीका लागी कतारमा ४ लाख भन्दा बढी नेपाली कार्यरत