
सोल ९ बैशाख–दक्षिण कोरियाकी राष्ट्रपति पार्क ग्युन ह्येले सिवोल डुंगा दुर्घटनाको तत्काल छानवीन गरी दोषीलाई कार्वाही गर्न निर्देशन दिएकी छिन ।
राष्ट्रपति भवनमा प्रथम सचिवहरुलाई बोलाएर उनले त्यस्तो निर्देशन दिएकी हुन । सो घटनापछिको अवस्था र प्रारम्भिक आपतकालीन प्रतिक्रिया क्षमता सम्बन्धी बिश्लेषण गर्नु पर्ने पनि उनले बताइन ।
सो दुर्घटनामा ६४ जनाको मृत्यु भएको छ भने एक सय ७४ जनालाई जिवितै उद्धार गरिएको छ । घटनामा दुई सय ३८ जना वेपत्ता भएका छन । सात दिन अघि भएको दुर्घटनामा वेपत्ता भएकाहरुको खोजी कार्य जारी छ ।