‘सेभेन समिट्स वुमन टिम’ को हिमाल आरोहण यात्रा

काठमाण्डु टुडे २०७१ वैशाख ८ गते १२:५२ मा प्रकाशित

काठमाण्डु, ८ बैशाख – विश्वका सर्वाधिक उचाईमा रहेका सातमध्ये पाँच हिमालको सफल आरोहण गरिसकेको महिला आरोही समूह ‘सेभेन समिट्स वुमन टिम’ आउँदो जुन महिनामा बाँकी रहेका दुई हिमालको आरोहण गर्ने तयारीमा जुटेको छ ।

यही मार्चमा दक्षिण अमेरिकास्थित अकन्काजुवा हिमाल आरोहण गर्दाको अनुभव आदानप्रदान गर्न समूहद्वारा आज यहाँ आयोजित कार्यक्रममा ती महिलाले उत्तर अमेरिकास्थित डेनाली र अन्टार्टिकामा रहेको भिन्सनम्यासिप आरोहणको तयारीमा लागिरहेको बताए ।

यसअघि, समूहले विश्वको सर्वोच्च शिखर सगरमाथा, अस्ट्रेलियाको कोजीअस्को, युरोपको एल्बुस, अफ्रिकाको किलिमान्जरो र दक्षिण अमेरिकाको अकन्काजुवामा नेपाली झण्डा फहराइसकेको छ ।

कार्यक्रममा समूहका संयोजक शैली बस्नेतले पछिल्लो पटक अकन्काजुवा हिमाल चढ्दा अन्य हिमाल चढ्दाको भन्दा फरक अनुभव भएको बताइन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us