कतारमा नेपाली कामदारको मृत्यु

काठमाण्डु टुडे २०७१ वैशाख ८ गते ११:५३ मा प्रकाशित

कतार – कतारमा एक जना नेपाली कामदारको मृत्यु भएको छ । स्याङजाका साँखर गाबिसका पुरुषोत्तम गिरीको गएराती मृत्यु भएको हो । कतारको ग्रुप फोरमा गाडी चालकको रुपमा काम गर्दै आएका गिरी घटना घट्नु अघि घरमा आफ्नी श्रीमती संग फोनमा कुरा गरि सुतेका थिए ।

सुतेपछि श्वासप्रश्वासमा समसइा देखिएको भन्दै गिरीलाई हमाद मेडिकल कर्पोरेशन लगिएको  थियो  तर बाटोमै उनको ज्यान गएको थियो । गिरीको शवलाई आवश्यक प्रकृया पुरयाएर जति सक्दो छिटो स्वदेश फर्काउने तयारी भइरहेको स्याङजा सहयोग समाजका अध्यक्ष रामु बस्यालले बताए ।

मृतक गिरीको श्रीमती एक छोरी सहित चितवनको रत्ननगर नगरपालिका भानुचोक स्थित माइतीघर नजिक भाडाको घरमा रहँदै आएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us