बुधबारदेखि सहजै डिजेल तथा पेट्रोल पाउने

काठमाण्डु टुडे २०७१ वैशाख ८ गते ११:२६ मा प्रकाशित

pretol avabकाठमाण्डु, ८ बैशाख – केही दिनयता पेट्रोलियम पदार्थको आपूर्ति सहज बन्न थालेकाले आगामी बुधबारदेखि अपभोक्ताले पालो नपर्खिकन डिजेल तथा पेट्रोल पाउने नेपाल आयल निगमले जनाएको छ ।

भारतीय आयल निगम (आइओसी)ले एक साता देखि निरन्तरको कटौतीलाई कम गर्दै लगेकाले उपभोक्ताले सहजरुपमा पेट्रोलियम पदार्थ पाउने भएका हुन् ।

नेपाल आयल निगमले आफ्नो आन्तरिक स्रोतबाट भारतीय आयल निगम (आइओसी)सँगको पाँच अर्ब बक्यौता भोलि (मङ्गलबार) तीन अर्ब नौ करोड भारतीय रुपैयाँ (करिब रु पाँच अर्ब) र बुधबार ५५ करोड भारतीय रुपैंया (रु८८ करोड) पठाउने भएको छ ।

बक्यौता तीर्ने आधार बनेपछि आइओसीले गर्दै आएको ३० प्रतिशतको कटौतीलाई कम गरेको नेपाल आयल निगमका प्रवक्ता मुकुन्दप्रसाद घिमिरेले जानकारी दिए ।
सामान्य अवस्थामा आइओसीको रक्सौल टिपोबाट दैनिक दुई हजार ४०० सय किलोलिटर आपूर्ति हुनुपर्नेमा पछिल्लो समयमा दुई हजार किलोलिटरमात्र आपूर्ति हुँदै आएको छ । शुक्रबारअघि एक हजार ७०० किलोलिटरमात्र आपूर्ति भएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us