सहमतिमा सभापति चयन हुन नसकेपछि शुक्रबार निर्वाचन हुने

काठमाण्डु टुडे २०७१ वैशाख ८ गते १०:२२ मा प्रकाशित

Biccकाठमाण्डु , ८ वैशाख –  सहमतिमा सभापति चयन हुन नसकेपछि आगामी शुक्रबार निर्वाचन हुने भएको छ ।

सहमति आधारमा सभापति चयन गर्न दलहरु बिफल भएपछि सभामुख सुबास नेम्बाङले आज निर्वाचनको मिति तय गरेका हुन् । सभापतिका लागि उम्मेद्वारीको समय बिहीबार दिनभरीका लागि तोकिएको छ ।

३ वटा बिषयगत र २ वटा प्रक्रियागत समितिको सभापतिका लागि निर्वाचन हुन लागेको हो । संविधान लेखनको क्रममा सबैभन्दा महत्वपूर्ण मानिएको संवैधानिक, राजनीतिक संवाद तथा सहमति समितिको सभापति चयन कार्य सहमतिका आधारमा नभएपछि संविधानसभाले पारित गरको कार्ययोजनाअनुसार समितिको कार्यविधि, कार्यतालिका र सभापति चयन प्रक्रिया यही वैशाख १५ गतेभित्र पूरा गरिसक्नुपर्ने बाध्यात्मक परिस्थिति रहेकाले संविधानसभाका अध्यक्षले आज निर्वाचनको मिति तोकेका हुन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us