दलीय सहमति कायम गर्न आवश्यक तयारी भइरहेको

काठमाण्डु टुडे २०७१ वैशाख ८ गते ९:५६ मा प्रकाशित

bimalendraदमक, ८ वैशाख  – भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री विमलेन्द्र निधिले लोकतान्त्रिक संविधान समयमै जारी गर्नका लागि वर्तमान सरकारले दलीय सहमति कायम गर्न आवश्यक तयारी गरिरहेको बताएका छन् ।

दमकस्थित काँग्रेस पार्टी कार्यालयमा नेपाल प्रेस युनियन झापाले गरेको पत्रकार भेटघाटमा मन्त्री निधिले वर्षदिनभित्रै जनताले चाहेको लोकतान्त्रिक संविधान जारी गर्न सबै राजनीतिक दल एकै ठाउँमा उभिनुपर्ने बताए ।

नयाँ संविधान निर्माण गर्नमा संविधानसभा र बाहिरका सबै पक्षको सहमतिबाट मात्र सम्भव हुन्छ भन्दै काँग्रेस नेता निधिले यसका लागि दल र सरकार गम्भीर भएर अगाडि बढेको बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us