हिमपहिराेमा ज्यान गुमाएका आरोहीको काठमाण्डुमा शवयात्रा

काठमाण्डु टुडे २०७१ वैशाख ८ गते ८:५७ मा प्रकाशित

काठमाण्डु, ८ वैशाख –  सगरमाथा आधारशिविरमा केही दिनअघि  हिमपहिराेमा ज्यान गुमाएका आरोहीमध्ये छ जनाको आज काठमाण्डुमा शवयात्रा गरिएको छ ।

आरोही निमा शेर्पा, फुरवाङ्देल शेर्पा, फुर्तेम्बा शेर्पा, आङ्काजी शेर्पा, दोर्जे खत्री र आसमान तामाङको पार्थिव शरीरलाई बौद्धबाट चाबहिल, गौशाला, बानेश्वर, पुतलीसडक, जमल हुँदै लैनचौरमा पुरयाई श्रद्धाञ्जलिका लागि राखिएको थियो ।

शनिबारदेखि उनीहरुको शव बौद्धस्थित शेर्पा, वालुङ र तामाङ गुम्बामा राखिएको थियो । उनीहरुको बौद्ध परम्पराअनुसार आज स्वयम्भू, टेकु र बौद्धमा अन्त्येष्टि गरिने जेरिङ शेर्पाले जानकारी दिए । यही वैशाख ५ गते भएको उक्त दुर्घटनामा १३ जनाको मृत्यु भएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us