कसजु प्रकरणको विरोध

काठमाण्डु टुडे २०७१ वैशाख ८ गते ८:५४ मा प्रकाशित

काठमाण्डु, ८ वैशाख – नेपाल पत्रकार महसङ्घले राष्ट्रिय सूचना आयोगका पूर्वप्रमुख आयुक्त विनय कसजूलाई अनुसन्धानका लागि भनेर प्रहरीले नियन्त्रणमा लिएको घटनाको विरोध गरेको छ ।

गत शुक्रबार पूर्वप्रमुख आयुक्त कसजूलाई प्रहरीले नियन्त्रणमा लिई केही समयपछि छाडेको थियो । उनको कम्प्युटर प्रहरीले एक दिन नियन्त्रणमा राखेर फिर्ता गरेको छ ।

महासङ्घका महासचिव ओम शर्माले विज्ञप्ति जारी गरी पर्याप्त आधार प्रमाणबिना गरिएको सो व्यवहारप्रति दुःख व्यक्त गर्दै त्यससम्बन्धी तथ्य तत्काल सार्वजनिक गर्न सरकारसँग माग गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us