
अमेरिका, ८ वैशाख – रुकुमको एक विद्यालयलाई अमेरिकाबाट झन्डै तीन लाख सहयोग प्राप्त भएको छ ।
पिपल गाविसमा रहेको जनकल्याण उच्च माविलाई पिपल घर भई हाल अमेरिका रहेका नविन पौडेल र कर्णबहादुर केसीले दुई हजार नौ सय २० अमेरिकी डलर (रु दुई लाख ७८ हजार नौ सय २० ) उपलब्ध गराएका हुन् ।
अमेरिकामै रहेका केही नेपाली तथा केही अमेरिकी नागरिकबाट विद्यालयको लागि पैसा सङ्कलन गरिएको नविन पौडेलले जानकारी दिए ।