कांग्रेसको मेची महाकाली अभियान

काठमाण्डु टुडे २०७१ वैशाख ७ गते ४:०२ मा प्रकाशित

Nepali-Congress-Flag1315101735काठमाण्डु, ७ वैशाख – नेपाली कांग्रेसको मेची–महाकाली जागरण अभियान अन्तर्गत आज झापामा कार्यकर्ता प्रशिक्षण तथा भेला हुँदै छ ।

कार्यक्रममा मेची अञ्चलका सबै जिल्लाका कार्यकर्ता सहभागी हुँदै छन् । कांग्रेसको नीति तथा प्रशिक्षण प्रतिष्ठानले स्थानीय निकायका कार्यकर्ताहरुलाई पार्टीको आगामी कार्यक्रमबारे जानकारी दिने उद्देश्यले मेची महाकाली जागरण अभियान थालेको हो ।

पहिलो चरणमा महाकालीको महेन्द्रनगरबाट सुरु भएको अभियान बुटवल आएर समापन भएको हो । दोस्रो चरण अन्तर्गत आजबाट पूर्व क्षेत्रबाट प्रशिक्षण सुरु गर्न लागिएको प्रतिष्ठानका संयोजक एवम् कांग्रेस उपसभापति रामचन्द्र पौडेलले बताए ।

झापाको बिर्तामोडबाट सुरु हुने दोस्रो चरणको अभियानको सभापति एवम् प्रधानमन्त्री सुशील कोइरालाले उद्घाटन गर्ने भएका छन् ।

कांग्रेस उपसभापति पौडेलले कांग्रेसको यो अभियानले नेपालको राजनीतिमा नयां संस्कार बसाउने जानकारी दिए । अभियानको उद्घाटन समारोहमा सहभागी हुन कांग्रेसका वरिष्ठ नेताहरु झापा पुगिसकेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us