सत्यनिरुपण तथा मेलमिलाप बिधेयकमाथि छलफल हुने

काठमाण्डु टुडे २०७१ वैशाख ७ गते ३:५५ मा प्रकाशित

ca houseकाठमाण्डु, ७ वैशाख – व्यवस्थापिका संसद् सत्यनिरुपण तथा मेलमिलाप र व्यक्ति बेपत्ता छानबिन आयोग गठन सम्बन्धी विधेयकमा आजबाट व्यवस्थापिका संसदमा छलफल हुँदैछ ।

बैठकमा विधेयकमाथि दफाबार छलफल हुने छ । सरकारले गत शुक्रबार बसेको व्यवस्थापिका संसदको बैठकमा विधेयक पेश गरेको थियो ।

सरकारले आयोग गठनको विधेयक संसदमा पेश गरेपनि द्वन्द्वकालमा मानवअधिकार उल्लंघनका गम्भीर घटनाको दोषीलाई आममाफी दिने प्रावधान विधेयकमा राखेको भन्दै अधिकारकर्मीहरुले विधेयक संशोधन गर्न माग गरेका छन् ।

तर, सरकारले भने आममाफीको प्रावधान नभई केही मुद्दामा क्षमादानको प्रावधान राखिएको र उक्त प्रावधान विस्तृत शान्ति सम्झौता अनुसार नै भएको बताउँदै आएको छ । संसदबाट विधेयक पारित भएपछि आयोग गठनको बाटो खुल्ने छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us