संवैधानिक समितिको सभापतिका लागि सहमति खोजिने

काठमाण्डु टुडे २०७१ वैशाख ७ गते २:३२ मा प्रकाशित

काठमाण्डु, ७ वैशाख – संवैधानिक राजनीतिक सम्वाद तथा सहमति समितिको सभापति सर्वसम्मतीवाट चयनका लागि अन्तिम प्रयास हुने भएको छ ।

सिंहदरबारमा अपरान्ह बोलाईएको बैठकमा समितिको सभापति सहमतिबाटै चयन गर्ने विषयमा गम्भिर छलफल हुने छ ।

सहमतीय आधारमा समितिको सभापति चयन गर्न दलहरु असफल भए सभापतिको टुंगो निर्वाचनबाट लगाइने छ । सत्तारुढ दल कांग्रेस–एमाले समितिको नेतृत्व एकीकृत माओवादीलाई दिन सकारात्मक भएपनि कुनै सहमति भएको छैन ।

एकीकृत माओवादीले समितिको सभापतिमा बाबुराम भट्टराईलाई सिफारिस गरिरहेको छ भने अन्य दलहरुले भट्टराईलाई समर्थन गरेका छैनन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us