दुवइमा एक नेपालीको मृत्यु

काठमाण्डु टुडे २०७१ वैशाख ७ गते २:१३ मा प्रकाशित

यूएई, ७ वैशाख – यूएईको दुबइमा एक नेपालीको मृत्यु भएको छ । रोजगारीका लागि दुई बर्ष अघि दुबइ आएका धादिङग सल्यानकोठ २ का अशोक राना मगरको हृदयघातका कारण ज्यान गएको हो ।

दुबइमा रहेको गल्फ एन साफारे कम्पनीमा कार्यालय सहयोगीको रुपमा कार्यरत मगरको गत बिहीवार साँझ ज्यान गएको हो । उनी दुबइ बिमनस्थल नजिक रहेको कम्पनीको कार्यालयमा कार्यरत थिए ।

बुधवार राती काम सकेर सुतेका उनी बिहान मृत अवस्थामा थिए ।

मगरको परिवार अहिले अचेत अवस्थामा छन । ‘मदिरा सेवन नगर्ने स्वस्थ्य व्यक्तिको निधन भए पछि हामी त्यसै त्रसित र अच्चमित भएको सगैंकाम गर्ने साथीहरुले बताए ।
मगरको शब पोस्टमार्टम पछि मृत्युको कारण ह्रदयघात भएको खुलेको छ । हाल मृतकको शब दुबइको अल रशिद अस्पतालमा राखिएको छ । कानुनी प्रकृया पुरा गरि शब यसै हप्ता नेपाल पठाउन तयारि गरिएको धादिङ समाज यूएईका अध्यक्ष भिम अधिकारिले जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us