
काठमाण्डु, ७ वैशाख – नयाँ प्रहरी नियमावली ल्याएर सरकारले बढुवा प्रक्रिया अघि बढाउने भएको छ ।
मन्त्रिपरिषदको विधेयक समितिमा रहेको नियमावली सोमाबार पास गरी बढुवा प्रक्रिया अघि बढाउने सरकारको तयारी छ । नियमावलीले गृहमन्त्रीलाई एआइजी बढुवामा कुनै अधिकार दिएको छैन् ।
गृहसचिवको अध्यक्षतामा रहने बढुवा सिफारिस समितिका आधारमा मन्त्रिपरिषद्ले बढुवा गर्ने प्रावधान छ । सिफारिस समितिमा प्रहरी महानिरिक्षक र लोकसेवा आयोगको अध्यक्ष सदस्य हुनेछन् ।
यसअघिको नियमावलीमा एआजी तहको बढुवा सीधै सरकारले गर्ने प्रावधान थियो । गृहसचिव तथा आइजिपीको कुनै भूमिका थिएन् ।
पुरानो नियमावली अनुसार बढुवा प्रक्रिया अघि बढाउन लोकसेवा आयोगले स्वीकृति नदिएपछि गृह मन्त्रालयले नयाँ नियमावलीकै आधारमा बढुवा गर्न प्रक्रिया अगाडि बढाएको हो ।
गत कात्तिकको अन्तिम सातादेखि नेपाल प्रहरीमा प्रशासनतर्फका सातवटा एआइजी पद रिक्त छन् । नयाँ नियमावली अनुसार एआइजीको गर्न कम्तीमा एक महिना लाग्ने गृह मन्त्रालयका अधिकारीहरु बताउँछन् ।