
ललितपुर, ६ वैशाख – परराष्ट्र मन्त्री महेन्द्रबहादुर पाण्डेले राष्ट्रिय योजना आयोगलाई संवैधानिक अङ्ग बनाउनुपर्ने बताएका छन् ।
नेपाल हेभी इक्विपमेन्ट व्यवसायी सङ्घको पाँचौँ वार्षिक साधारणसभालाई आजसम्बोधन गर्दै उनले योजना आयोगमा सम्बन्धित क्षेत्रमा विज्ञ भएको व्यक्तिलाई मात्र नियुक्ति गर्नुपर्नेमा जोड दिए ।
आयोगमा रहने दक्ष व्यक्तिबाट मात्र दीर्घकालीन योजनाहरु ल्याउन सकिने तर्क गर्दै निर्माण व्यवसायीको योगदानले देश विकासमा थप मद्दत पुग्ने मन्त्री पाण्डेको भनाइ थियो ।
सो अवसरमा सहरी विकास मन्त्रालयका सचिव किशोर थापाले निर्माण व्यवसायीलाई राज्यको एउटा प्रमुख अङ्गको रुपमा लिनुपर्ने बताउँदै ढुङ्गा, गिट्टी, बालुवा उत्खननमा सरकारको तर्फबाट पूर्ण सहयोग रहने आश्वासन दिए ।