कुनै हालतमा बन्द, हडताल गर्दैनौँ–नेविसङ्घ सभापति कर्ण

काठमाण्डु टुडे २०७१ वैशाख ६ गते १२:५४ मा प्रकाशित

भक्तपुर, ६ वैशाख – नेपाल विद्यार्थी सङ्घका सभापति एवम् सभासद् रञ्जित कर्णले देशमा जस्तोसुकै परिस्थिति आएपनि नेविसङ्घले अबका दिनमा कुनै पनि खालको बन्द हडताल नगर्ने घोषणा गरेका छन् ।

नेपाल विद्यार्थी सङ्घको ४४ औँ स्थापना दिवसको अवसरमा नेविसङ्घ भक्तपुर २ नम्बर क्षेत्रीय समितिद्वारा आज आयोजना गरिएको विचार गोष्ठीमा बोल्दै उनले यस्तो घोषणा गरेका हुन् ।

उनले अबका दिनमा नेविसङ्घले देश र विद्यार्थीको हकहितको निमित्त काम गर्ने बताउँदै यसको नेतृत्व गर्नसक्ने नेतृत्वको सङ्घमा आवश्यकता रहेको औँल्याए ।
नेपाल विद्यार्थी सङ्घको महाधिवेशन अब छिटै हुने बताउँदै उनले सङ्घभित्रका विवाद समाधान गर्दै छिटै महाधिवेशनमा जाने उल्लेख गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us