द्वन्द्वका घटनालाई आयोगबाट समाधान गर्नुपर्छ–महासचिव मैनाली

काठमाण्डु टुडे २०७१ वैशाख ६ गते १२:०७ मा प्रकाशित

cp mainaliकाठमाण्डु, ६ वैशाख –  नेकपा (माले)का महासचिव सिपी मैनालीले द्वन्द्वका समयमा भएका घटनालाई शान्ति र मेलमिलापको विधिले सत्यनिरुपण तथा मेलमिलाप आयोगबाट समाधान गरिनुपर्ने बताएका छन् ।

रिपोर्टर्स क्लबले आयोजना गरेको साक्षात्कारमा उनले संसद्मा सत्यनिरुपण तथा मेलमिलाप आयोगको विधेयक दर्ता भइसकेकोले त्यसका कमीकमजोरीलाई सच्चाएर पास गरी जतिसक्दो चाँडो उक्त आयोग निर्माण गरी द्वन्द्वका समस्या समाधान गर्नुपर्ने धारणा राखे ।

एकीकृत नेकपा (माओवादी) नेता अग्नि सापकोटाले सरकारले मेलमिलापको नीतिबाट द्वन्द्वका घटना समाधान गर्न खोजेको भए पनि मानवअधिकारकर्मीले शान्ति स्थापना र संविधान लेखनको काम सम्पन्न भएमा आफ्नो व्यापार नै सकिने सोचेर गोरखाको फुजेललगायत घटनालाई उचाल्ने काम गरेको आरोप लगाए । ।

नेपाली काँग्रेसका नेता रमेश लेखकले मुलुकको विकास शान्ति र सहमतिको आधारमा हुने भएकाले द्वन्द्वकालका घटनालाई छानबिन गरी मेलमिलापकै सिद्धान्तअनुरुप अघि बढाउनुपर्ने बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us