
थाइल्यान्ड – थाइल्यान्डका विभिन्न कारागारमा रहेका ७० जना नेपालीलाई ब्याङककस्थित नेपाली दूतावासका कार्यबाहक राजदूत नेतृत्वको टोलीले भेटेर उनीहरूका समस्याबारे जानकारी लिएको छ ।
कार्यबाहक राजदूत डोरनाथ अर्याल नेतृत्वको गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) थाइल्यान्डका पदाधिकारी सम्मिलित टोलीले गत उनीहरूको अवस्थाबारे जानकारी लिएको हो ।
एनआरएन थाइल्यान्डका अनुसार कैदीहरुले आफूहरुलाई नेपाल पठाई बाँकी सजाय आफ्नै भूमिमा भोग्ने वातावरण बनाइदिन अनुरोध गर्नुका साथै शाही क्षमादानका निम्ति आवश्यक पहल गरिदिन कार्यबाहक राजदूतसमक्ष अनुरोध गरेका थिए । भाषिक समस्याका कारण आफूहरूको जीवन थप कष्टकर बनेको उनीहरूले गुनासो गरेका थिए ।