अमेरिकामा नेपाली बिद्यार्थीको मृत्यु

काठमाण्डु टुडे २०७१ वैशाख ६ गते ७:३५ मा प्रकाशित

अमेरिका – अमेरिकामा एक नेपाली बिद्यार्थीको सवारी दुर्घटनामा परी ज्यान गएको छ । नुवाकोटकी १७ बर्षीया सन्ध्या खड्काको कारको ठक्करबाट मृत्यु भएको हो । कलेज जाने समयमा सडक पार गर्दे गर्दा उनलाई कारले ठक्कर दिएको थियो । दुर्घटना उत्तरी सिटायलको पाचौं एभेन्युु र एक सय १५ स्ट्रिटमा भएको हो । उनी नर्थ सियाटल कम्युनिटी कलेजमा अध्ययनरत थिईन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us