बार्सिलोना मेसीलाई बेच्ने तयारीमा

काठमाण्डु टुडे २०७१ वैशाख ६ गते ३:५३ मा प्रकाशित

messiकाठमाण्डु , ६ वैशाख –बार्सिलोनाले आफ्ना अर्जेन्टेनी स्ट्राइकर लियोनल मेसीलाई बेच्ने योजना बनाएको खुलासा भएको छ ।

बार्सिलोनाको टेलिभिजन च्यानलले क्लवले मेसीलाई बेच्नेबारे छलफल गरिरहेको दावी गरेको छ ।

सोही कुरा थाहा पाएका मेसीले पछिल्लो समय मैदानमा उत्कृष्ट प्रर्दशन गर्न नसकेकोसमेत च्यानलको दावी छ ।

च्यानलका अनुसार क्लब बोर्डका केही सदस्यले मेसीलाई बेच्नुपर्नेमा जोड दिएका छन् । उनीहरुले मेसीलाई मैदानमा पठाउने भन्दा बेच्नेतर्फ जोड गर्नुपर्ने सुझाव दिएका छन् ।

बार्सिलोनासँग मेसीको सम्झौता सन् २०१८मा सकिनेछ । मेसी १३ बर्षको हुँदादेखि बार्सिलोनाबाट फुटबल खेल्दै आइरहेका छन् ।

मेसीलाई फ्रान्सेली क्लव पेरिस सेन्ट जर्मेइन पिएसजीले किन्ने रुचि देखाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us