आईपीएल : चेन्नई सुपर किङ्ग्स पराजित

काठमाण्डु टुडे २०७१ वैशाख ५ गते १४:०७ मा प्रकाशित

cricketकाठमाण्डु,५ वैशाख –  इण्डियन प्रिमियर लिग क्रिकेट आईपीएलमा किङ्ग्स इलेभन पन्जाबले चेन्नई सुपर किङ्ग्सलाई पराजित गरेको छ ।

आज भएको खेलमा उसले सुपर किङ्ग्सलाई ६ विकेटले पराजित गरेको हो । चेन्नईले प्रस्तुत गरेको २ सय ६ रनको लक्ष्य पन्जाबले १८ दशमलव ५ ओभरमा मात्र ४ विकेटको क्षतिमा भेट्टायो ।

यसअघि अबुधाबीमा पहिले व्याटिङ गरेको चेन्नईले २० ओभरमा ४ विकेटको क्षतिमा २ सय ५ रन बनाएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us