पाँच दिनदेखि परिवारले शव बुझेनन्

काठमाण्डु टुडे २०७१ वैशाख ५ गते ८:०० मा प्रकाशित

काठमाडौँ, ५ वैशाख – क्षतिपूर्तिका विषयमा कुरा नमिलेपछि सडक दुर्घटना मृत्यु भएका नवराज न्यौपानेको शव पाँच दिन बितिसक्दा समेत परिवारले बुझन् मानेका छैनन् ।

रसुवा लहरेपौवा– १ घरभई सानो भ¥याङस्थित बगलामुखी पेट्रोल पम्पमा कार्यरत न्यौपाने नयाँ वर्षको पहिलो दिन वैशाख १ गते साँझ वनस्थली नजिक सवारी दुर्घटनामा परेका थिए । न्यौपानेले चलाएको मोटरसाइकललाई काठमाडाँै– गोरखा रुटमा चल्ने बा १ ज ९५९८ नंको माइक्रोबसले ठक्कर दिएको थियो ।

सडक दुर्घटनामा परी गम्भीर घाइते भएका न्यौपानेलाई सुरुमा उपचारका लागि जनमैत्री अस्पताल बालाजु लगिएकामा त्यहाँ उपचार हुन नसक्ने भएपछि त्रिवि शिक्षण अस्पताल महाराजगन्ज पु¥याइएकामा अस्पतालले तुरुन्त मृत घोषणा गरेको थियो । यातायात व्यवसायी र पीडितपक्षबीच क्षतिपूर्तिका विषयमा सहमति हुन नसक्दा उनको शव पाँच दिनदेखि अस्पतालमा राखिएको छ ।

मृतक न्यौपानेको नाबालक सात महिनाको बच्चा रहेकाले उनको पालण पोषणको सुनिश्चिता गरिनुपर्ने, बिमाबाहेक पीडितकी धर्मपत्नीलाई तीन लाख ५० हजार क्षतिपूर्ति दिइनुपर्ने माग गर्दै पीडितपक्ष आन्दोलनमा उत्रेको छ । मृतकको साथमा रहेको ६५ हजार नगद, घाँटीमा लगाइएको सुनको सिक्रीलगायत पर्स समेत हराएको तथा पीडितलाई क्षतिपूर्ति दिलाउने विषयमा प्रहरी प्रशासनबाट आवश्यक सहयोगसमेत नपाएको उनीहरुले गुनासो गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us