
गोलबजार (सिरहा), ५ वैशाख – सीमावर्ती गाविस इनर्वा– ४ बाट पाँच दिन अगाडि बरामद गरिएको ठूलो परिमाणको पराग (गुट्खा) र स्याउ जिल्ला प्रहरी कार्यालय सिरहाले आज जिल्ला भन्सार कार्यालय माडरमा बुझाएको छ ।
भारतीय नम्बर प्लेटको पिकअप भ्यानमा लोड गरिएको ५० बोरा पराग (गुट्खा) र ८५ बोरा चिनिया स्याउ भारत लाने क्रममा इनर्वाबाट बरामद गरिएको सिरहाका प्रहरी उपरीक्षक पूर्णचन्द्र जोशीले जानकारी दिए ।
बरामद भएको पराग तीन लाख मूल्य बराबरको र स्याउ एक लाख १३ हजार बराबरको रहेको उनलदे जानकारी दिए ।
काठमाडौँमा उत्पादित पराग भन्सार छलेर अवैध रुपमा भारत निर्यात हुने गरेको सुराकी पाएपछि प्रहरीले उक्त सामान बरामद गर्न सफल भएको हो । भारतमै प्रसस्त उत्पादन हुने परागको फ्याक्ट्री त्यहाँको सरकारले बन्द गराएपछि नेपालबाट उतातिर निर्यात हुने गरेको जोशीले दाबी गरे ।