
वीरगन्ज (पर्सा), ५ वैशाख । वीरगन्जको घण्टाघर चोकमा अवस्थित नारायणी गेस्ट हाउसमा आज बिहान एक युवकको शव फेला परेको छ ।
गेस्ट हाउसको कोठा नम्बर १४ को शौचालयभित्र वीरगन्ज–८ निवासी सन्दीप क्षेत्री मृत अवस्थामा भेटिएका हुन् । लागुऔषधका प्रयोगकर्ता उनी शौचालयको ढोका भित्रैबाट बन्द रहेको अवस्थामा मृत फेला परेको पर्सा प्रहरीले बताएको छ ।
उनको शव गन्हाएपछि होटलका सञ्चालकले शङ्का लागेर प्रहरीलाई बोलाएर घटनाबारे जानकारी गराएका थिए । प्रहरी नायब उपरीक्षक वासुदेव खतिवडाका अनुसार मृतकको शरीरमा सिरिन्ज रोपिएको अवस्थामा फेला परेको हो ।
गेस्ट हाउस सञ्चालकका अनुसार सन्दीप क्षेत्री वैशाख २ गते साँझ ६ बजे होटलमा बास बस्न भन्दै कोठा बुक गराएका थिए । लागुऔषधको अत्यधिक डोज अर्थात् मात्राका कारण मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ । शव परीक्षणका लागि नारायणी उपक्षेत्रीय अस्पतालमा पु¥याइने प्रहरीले जनाएको छ ।