एमाले केन्द्रीय समिति बैठक बस्दै

काठमाण्डु टुडे २०७१ वैशाख ५ गते ६:१९ मा प्रकाशित

CPN-UMLकाठमाण्डु, ५ वैशाख –नेकपा एमाले केन्द्रीय कमिटी बैठक बस्ने भएको छ । नवौं महाधिवेशनमा प्रस्तुत गरिने राजनीतिक प्रतिवेदनमाथि छलफल गर्न बैठक बोलाइएको हो ।

संसदीय दलका नेता केपी शर्मा ओली उपचारबाट फिर्ता भएपछि पहिलोपटक बैठक बस्न लागेको हो । महाधिवेशनका लागि तयार पारिएको कार्यतालिका अनुसार बैठक पाँचदिन सम्म चल्नेछ ।

बैठकमा आगामी महाधिवेशन, कार्यतालिका, लगायतका विषयमा छलफल भएको छ । केन्द्रीय कमिटी बैठकमा अध्यक्ष झलनाथ खनाल र महासचिव ईश्वर पोखरेलले सदस्यहरुको सुझावका आधारमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथी छलफल हुनेछ । एमालेमा नवौं महाविधेशनमा प्रस्तुत हुने राजनीतिक प्रतिवेदनलाई लिएर नेताहरुबीच विवाद देखिएको छ ।

अध्यक्ष झलनाथ खनाल र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षीय नेताहरु केन्द्रीय कमिटीले दिएको जिम्मवारी पुरा गर्न पहिले दस्तावेज लेखन कमिटीमा मस्यौदाबारे छलफल गर्नुपर्ने पक्षमा छन् । संसदीय दलका नेता केपी शर्मा ओली तथा उपाध्यक्ष बामदेव गौतम पक्ष भने मस्यौदा कमिटीमा प्रयाप्त छलफल भईसकेकाले महाधिवेशन तयारी कार्यतालिका प्रभावित हुने भन्दै सिधै केन्द्रीय कमिटीमा छलफल हुनुपर्ने पक्षमा छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us