
काठमाण्डु, ५ वैशाख – आयल स्टोरमा काम गर्ने मजदुरको हत्याको बिरोधमा आजदेखि देशभरका पेट्रोलपम्प बन्द हुने भएको छ ।
बंगलामुखी आयल स्टोर सानो भ-याङ बालाजुमा कार्यरत नवराज न्यौपानेको माइक्रोको ठक्करले ज्यान गएपछि आन्दोलित मजदुरले पेट्रोलपम्प बन्दको घोषणा गरेका हुन् ।
वैशाख १ गते साँझ काठमाण्डु– गोरखा चल्ने बा.१.ज ९५९८ नम्बरको माइक्रोले नुवाकोट लहरेपौवा घर भएका न्यौपानेलाई ठक्कर दिएको थियो ।
क्षतिपूर्ति र कारवाहीको माग गर्दै सडक आन्दोलन गरेका पेट्रोलपम्पमा कार्यरत मजदुरमाथि प्रहरीले धरपकड गरेपछि उनीहरुले यस्तो आन्दोलनको घोषणा गरेका हुन् ।
माग पुरा नभएसम्म निगमका कुनै पनि डिपो नखोल्ने नवराज भट्टले बताए ।