प्रधानमन्त्रीले सर्वदलिय छलफल गर्दै

काठमाण्डु टुडे २०७१ वैशाख ५ गते ३:५० मा प्रकाशित

sushil koiralaकाठमाण्डु, ५ वैशाख – प्रधानमन्त्री सुशील कोइरालाले आज सर्वदलीय छलफल गर्नेे भएका छन् ।

संविधानसभा भवन नयाँबानेश्वरमा कोइरालाले संसद्मा जारी रहेको अवरोध, सत्य निरुपण तथा मेलमिलाप आयोगको विधेयकमा देखिएको विवाद लगायतका विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाएका हुन् ।
फुजेल घटनामा प्रधानमन्त्री सुशील कोइरालाको ठाडो निर्देशन रहेको भन्दै एमाओवादीले आपत्ति जनाउँदै आएको छ ।

त्यसअघि कांग्रेस सभापति एवम् प्रधानमन्त्री सुशील कोइरालाले कांग्रेस पदाधिकारी तथा शीर्ष नेताहरुसँग छलफल गर्ने उनको निजी सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल हुने भएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us