पत्रकारको उपचारका लागि अमेरिकाबाट एक लाख

काठमाण्डु टुडे २०७१ वैशाख ४ गते १०:०४ मा प्रकाशित

अमेरिका, ४ वैशाख । पत्रकार चुनबहादुर गुरुङको उपचारका लागि अमेरिकामा बस्ने नेपालीबाट एक लाख बढी सहयोग सङ्कलन भएको छ ।

नेपाल अमेरिका पत्रकार समाज (नेजा) को सहकार्यमा तमु समाज अमेरिकाले एक लाख ४३ हजार तीन सय ५५ सङ्कलन गरी पत्रकार गुरुङको उपचारार्थ सहयोग समितिले सञ्चालन गरेको सिभिल बैक खाता नं ००२१००३७९०२७ मा जम्मा गरेको समितिका अध्यक्ष मेख गुरुङले जानकारी दिए ।

दुवै मिर्गौलाले काम नगर्ने भएपछि उनको भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा उपचार भइरहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us