
मलेसिया, ३ बैशाख । मलेसिया भ्रमणमा रहेका प्रधानसेनापति गौरवसम्शेर राणा र अमेरिकी सेनाका कमान्डिङ जनरल भिनसेन्ट बु्रक्सबीच भेटवार्ता भएको छ । उनीहरुवीच नेपाली सेनासँग रही आएको द्धिपक्षिय सहयोग एवं आपसी हितका विषयमा छलफल भएको थियो ।
यस किसिमको भेटघाटले ती सेनासंग रहंदै आएको द्धिपक्षिय सहयोगको क्षेत्रहरुलाई निरन्तरता एवं विस्तार गर्न थप मद्दत पुग्ने नेपाली सेनाले विश्वास लिएको छ ।
प्रधानसेनापति राणाले आजै बेलायती सेनाका चिफ अफ डिफेन्स स्टाफ निकोलास हङटोनसँग पनि भेट गरेका थिए । राणा मलेसियामा जारी १४ औं डिफेन्स सर्भिस एसिया सम्मेलनमा भाग लिन त्यस तर्फ गएका हुन् ।