प्रधानसेनापति राणा मलेसियामा

काठमाण्डु टुडे २०७१ वैशाख २ गते १५:३९ मा प्रकाशित

काठमाण्डु, २ वैशाख– मलेसियाको क्वालालम्पुरमा सञ्चालन हुने १४ औं प्रतिरक्षा सेवा एसिया प्रदर्शनी र सम्मेलनमा सहभागी हुन गएका प्रधानसेनापति gaurav गौरवशम्शेर राणालाई सोमबार त्यहाँका सुरक्षामन्त्री वाइबी दातो सेरी हिसाम्मुद्दिन तुन हुस्सेनले स्वागत गरेका छन् ।
सोमबार नै प्रधानसेनापति राणाले मलेसियास्थित नेपाली राजदूत निरञ्जनमानसिंह बस्न्यात,  मलेसियाका सेना प्रमुख  दातुक राजा मोहमद अफान्डी बिन राजा मोहमद नुर र श्रीलङ्काका सुरक्षा प्रमुख जगथ जयसूर्यसँग छुट्टाछुट्टै भेटवार्ता गर्नुभएको थियो ।
मलेसिया र श्रीलङ्काका सेनाप्रमुखसँग भएको भेटघाटमा  त्यहाँका सेनासँग नेपाली सेनाको द्विपक्षीय सहयोग एवम् आपसी हितका विषयमा छलफल भएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । सम्मेलन यही वैशाख १ देखि ४ गतेसम्म हुादैछ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us