गुण्डा नाइके अभिषेक गिरी पक्राउ

काठमाण्डु टुडे २०७१ वैशाख २ गते १२:५१ मा प्रकाशित

काठमाण्डु, २ वैशाख– काठमाण्डु प्रहरीले गुण्डा नाइके अभिषेक गिरीलाई पक्राउ गरेको छ ।
महानगरीय प्रहरी परिसर काठमाण्डुका अनुसार गिरीलाई सोमबार गौशालाबाट पक्राउ गरिएको हो । गिरीविरुद्ध प्रहरीमा गुण्डागर्दी गरेर मोटो रकम असुलेको आरोपमा मुद्धा परेको छ ।

उनी प्रहरीको फरार सूचीमा थिए । गिरीविरुद्ध सम्पत्ति शुद्धीकरण विभागले विशेष अदालतमा मुद्धा दायर गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us