
अर्घाखाँची, २ बैशाख । नेपाल सरकारका मूख्यसचिव लिलामणि पौडेलले नकारात्मक सोचले मात्रै समाज रुपान्तरण हुन नसक्ने बताएका छन् । रिपोर्टर्स क्लव अर्घाखाँची शाखाले आज आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै पौडेलले नकारात्मक कुराले समाज चल्न नसक्ने बताए ।
सबै खराब छन भन्ने भावााबाट अगाडी बढ्दा आज देशमा विकास हुन सकेको छैन, अब सवैले नकारात्मक कुरा त्याँगाै र सकारात्मक सोचका साथ अगाडी बढ्नुपर्ने उनको भनाइ थियो ।
अहिले हाम्रो समाजमा नेता, कर्मचारीले घुस खाए केही पनि भएन, विकास निर्माणका काम भएन भनेर एकले अर्काेलाई आरोप लगाउने र नकारात्मक कुरालाई मात्रै लिएर हिडदा राम्रो समाज बन्न नसकेको स्विकार्दै उनल कसैलाइ दोष दिएर कोही पनि उम्कन नमिल्ने बताए ।
विदेशीको भरमा विकास निर्मँणको आशा गरेर हुदैन, आफुले पनि केही गर्नुपर्छ, यो देशमा राम्रो गर्ने मान्छे पनि छन तर उनीहरुलाई काम गर्न दिईदैन्न त्यसैले राम्रा मान्छेलाइ काम गर्ने वातावरण सिर्जना गरिनु पर्नेमा उनले जोड दिए ।