एमाओवादीले संसद् बहिस्कार गर्ने

काठमाण्डु टुडे २०७१ वैशाख २ गते ४:०१ मा प्रकाशित

maoist-officeकाठमाण्डू २ बैशाख –एकीकृत माओवादीले द्वन्द्वकालका घटनामा पक्राउ गरिएका आफ्ना कार्यकर्तालाई रिहा नगरेसम्म संसद बहिस्कार गर्ने भएको छ ।

उनीहरुको रिहाईसँगै सरकारले माफी माग्नुपर्ने माओवादीको माग छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा मंगलवार बसेको केन्द्रीय कार्यालयको बैठकले यस्तो निर्णय गरेको हो ।

बुधवार बिहान संसदीय दलको बैठक बसेर संसद बहिस्कारलाई औपचारिक निर्णय दिने भएको छ ।
साथै बैठकले सत्य निरुपण तथा मेलमिलाप आयोग बिधेयक मस्यौदा संशोधन गर्न माग गरेको छ ।

त्यसका लागि तीन सदस्यीय समिति समेत गठन गरिएको छ ।

समितिमा रामनारायण बिडारी, खिमलाल देवकोटा र प्रभु साह छन् । समितिले पार्टीको तर्फबाट राखिने संशोधनका विषय तयार गर्नेछ ।

समितिले कारवाही र मेलमिलापबारेको प्रावधानका विषयमा सुझाव दिने नेता पोष्टबहादुर बोगटीले जानकारी दिए ।

फुजेल घटनाका बिषयमा आफ्ना कार्यकर्तामाथि मुद्दा चलाईएको बिरोधमा एमाओवादीले सोमबार काँग्रेस र एमालेसँगको सयुंक्त बैठक बहिस्कार गरेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us