
काठमाण्डु, २ वैशाख – एकीकृत माओवादीको राष्ट्रिय सम्मेलन विराटनगरमा हुने भएको छ ।
आज बसेको केन्द्रीय कार्यालय बैठकले सम्मेलन बिराटनगरमा गर्ने निर्णय गरेको हो ।
संगठन विभागले राष्ट्रिय सम्मेलन विराटगरमा गर्न गरेकाे सिफारिसलाई आजको बैठकले अनुमोदन गरेको प्रवक्ता दिनानाथ शर्माले बताए ।
राष्ट्रिय सम्मेलनको मे १ तारिखका दिन उदघाटन हुने शर्माले जनाए ।